विश्व कीर्तिमानी गीतकार डा. डिआर उपाध्यायको नयाँ गीत दर्शकमाझ

707
views

  काठमाडौं १४, साउन  । विश्व कीर्तिमानी गीतकार डा।डिआर उपाध्याय नयाँ गीतसहित श्रोता दर्शकमाझ आएका छन्। ‘छक्कै परें’बोलको सार्वजनिक गीत गायिका बिना भट्टराई र गायक विष्णु भट्टले स्वर भरेका छन्।

गीतमा संगीत गायक भट्टले नै गरेका हुन्। संगीत संयोजन मोपहत मुनालले गरेका छन्। रोमान्टिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

माइकल चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आस्मा विश्वकर्माले अभिनय गरेका छन्। म्युजिक भिडियोमा उत्सव दहालको छायांकन तथा शिलन लम्सालको सम्पादन रहेको छ।