मलकै अभावमा खेत रोपेका कृषकहरु अभावमैं खेत गोड्न थाले

1305
views

सुर्खेत । कृषकहरुले असारमा धान रोपेर आजभोली गोडमेल गर्ने सिजन चलिरहेको छ । धान रोप्दा र गोड्दा रासायनिक मलको प्रयोग गर्ने कृषकहरु यो वर्ष मलको अभावमा चिन्तित भएका छन् ।

कोरोना भाइरसको महामारीबाट सरकारले जारी गरेको लकडाउनका कारण रासायनिक मल नआएपछि कृषकहरु चिन्तित बनेका हुन् ।
मलकै अभावमा खेत रोपेका कृषकहरु अभावमैं खेत गोड्न थालेका छन् । बजारमा पनि मलको अभाव भएपछि किसानहरुलाई उब्जनी नहुने चिन्ता बढेको छ ।

‘खेत रोप्ने बेला देखि अहिले गोड्नेबेलासम्म मल पाएका छैनौं । युरिया मलका लागि बजारभरी भुमियो तर कहिँ मल पाउन सकिएन,’ वीरेन्द्रनगर नगरपालिका वडा –४ की कृषक अग्नी चौधरीले भनिन्, ‘हामी जस्ता कृषकले कहिले मल पाउने सरकार ।’
जहान केटाकेटी पाल्नका लागि भएपनि बटैया ९अधिया० मा रोपिएको धानमा मल नहुादा उब्जनी कम हुने चिन्ता बढेको चौधरीले बताइन् ।
वीरेन्द्रनगर–३ पटेनीका कृषक ओमप्रसाद भण्डारीले अघिल्ला वर्षहरुमा मल हालेका कारण राम्रै उब्जनी गरेको बताउँदै खेतमा मल नहालेपछि उब्जनी कम भएर भोकमरी हुनसक्ने बताए ।

चौधरी र भण्डारी मात्रै होइनन् कर्णालीका अधिकांश कृषकहरु मल नपाएर समस्यामा परेका छन् ।
स्थानीय स्तरमा मल विक्रिका लागि अनुमति पाएका सहकारी तथा संघ संस्थाले समेत मल उपलब्ध गराउन सकेका छैनन् ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण कर्णालीमा मात्र मलको अभाव नभएर सिंगो नेपालभर यस्तो समस्या रहेको कर्णालीमा कृषकहरुलाई मल उपलब्ध गराउँदै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख टोपाराम केसीले जानकारी दिए ।

‘रासायनिक मल ९युरिया० कर्णालीमा मात्र नभइ देशैभर अभाव छ,’ प्रमुख टोपाराम केसीले भने, ‘कोरोना कहरका कारण जारी गरिएको लकडाउनमा युरिया मल नेपाल भित्रिएको छैन । डिएपी मल भने भैरहवासम्म आइपुगेको छ ।’
नेपाल सरकारको सहुलियत दरमा उपलब्ध हुने अनुदानको मल अभाव भएपछि समस्या भएको भन्दै बुधबार कृषकका अगुवा संघ संस्थाहरुले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन पत्र बुझाएका छन् ।

मलको अभाव भई धानबालीमो कृषकको मेहनत र लगानी खेर गई प्रदेशमै भोकमरीको अवस्था सृजना हुने भएकोले जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।