राजपाका जिल्ला नेतासहित १२ कार्यकर्ता पक्राउ

280
views

धरान, २, असार । ईनरुवाबाट राजपाका १२ कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) का १२ नेता तथा कार्यकर्ता पक्राउ गरेको हो । पक्राउ पर्नेमा राजपाका सुनसरी अध्यक्ष डा. सिएन पाठक, राजपाको आन्दोलन परिचालन समितिका सुनसरी संयोजक रघुनाथ मेहता र केन्द्रीय सदस्य दिलिप साह, रामचन्द्र साह, देवनारायण मेहता, देवराम मधेसी, सन्तोष मेहता, सुब्बालाल मेहता, सुरेश यादव, रामनारायण मेहता, अब्दुल हकिम मियँलगायत रहेका छन् ।
पक्राउ परेकामाथि अनुसन्धान सुरु भएको र उनीहरुलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले बताए ।
ईनरुवामा नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ कार्यकर्तालाई निर्वाचन गतिविधि विरोधी कार्य गरेको भन्दै हिरासतमा राखेको छ ।