पछिल्लो २४ घण्टामा ३ सय ६० जना कोरोनाका नयाँ संक्रमित थपिए

304
views

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षणबाट हालसम्म संक्रमित हुनेको संख्या कुल २१ हजार ७ सय ५० जना संक्रमित पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन्। ​

हाल नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेका छन्। त्यस्तै, २४ घण्टामा २ सय ३३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ।