बैतडीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु

419
views

बैतडी । डिलाशैनी गाउँपालिका–४ बलालीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दका अनुसार ४० वर्षीया पशुपति बोहरा र उनका छोरा १२ वर्षीय रिकेशको मृत्यु भएको हो।

 

 

 

 

 

 

बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरमा सुतिरहेका आमा–छोराको मृत्यु भएको प्रहरी निरीक्षक चन्दले बताए। १६ वर्षीया सुजिता र १२ वर्षीया सुनिताले भने भागेर ज्यान जोगाएका छन्। घरमाथिबाट खसेको पहिरोले घर पुरिएको स्थानीय महेश पन्तले बताए।

मृतक आमा–छोराको शव पोष्टमार्टमा लागि गोकुलेश्वर अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। मृतक पशुपतिका श्रीमान् रोजगारीका लागि भारतको पिथौरगढमा रहेका छन्।