विश्वभर कोरोनाका कारण सातलाख १७ हजार बढीको मृत्यु

404
views

काठमाडौं, २३, साउन । विश्वभर एक करोड ९२ लाख ५३ हजार सातसय ७७ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

यस्तै शुक्रबार विहानसम्म सात लाख १७ हजार ६ सय ६४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने एक करोड २३ लाख ५५ हजार एक सय ४५ जना कोरोना मुक्त भइसकेका छन् ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ ।

अमेरिकामा मात्र एक लाख ६२ हजार आठ सय चार जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा ९८ हजार ६ सय ४४, भारतमा ४१ हजार ६ सय ३८ जनाले कोरोनाबाट गुमाईसकेका छन् । तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको दर बढ्दै गएको छ ।

आजसम्म मेक्सिकोमा ५० हजार पाँच सय १७ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै आठ सय १९ जनाले ज्यान गुमाएका छन् ।