जुम्लाको कोटघर स्वास्थ्य चौकी सिल

479
views

जुम्ला । जुम्लाको कोटघर स्वास्थ्य चौकी सिल गरिएको छ । कनकासुन्दरी गाउँपालिका – ८ पाण्डब गुफास्थित कोरोना संक्रमण थप जोखिम हुन नदिनका लागि बिहीबारदेखि स्वास्थ्य चौकी सिल गरिएको हो ।

कानका सुन्दरी गाउँपालिका –३ लुमगाउँका एक महिलालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको हो । स्वास्थ्य चौकी प्रमुख पद्मा रावतका अनुसार स्वास्थ्य चौकी र आसपासका सिल गरिएको र सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

लकडाउन खुला भएपछि कनका सुन्दरीमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । यसअघि उक्त गाउँपालिकामा कोरोना संक्रमण देखिएको थिएन ।

हाडसिंजा स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्र उपाध्यायले भने ‘कोरोना संक्रमण पुष्टि भएकी महिला यसअघि कोटघर स्वास्थ्य चौकीमा उपचार गराएर थप उपचार गराउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आएकी थिइन् ।’ सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार कोरोना पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङ गर्नका लागि यो विधि अपनाएको हो ।

यसअघि ६९ जना जुम्लाका कोरोना संक्रमित निको भएर फिर्ता भएपनि पहिलेकै व्यक्तिमा पुन : परीक्षण गर्दा तीनजना व्यक्तिमा संक्रमण देखिएको छ ।