मुगुमा ग्लोबलको नयाँ शाखा

375
views

मुगु । ग्लोबल आइएमई बैंकले मुगुको छायाँनाथ गाउँपालिका–२ गमगढीमा बिहीबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ। ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर, राजस्व संकलन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले ७१ वटा जिल्लामा फैलिएको २५८ शाखा सञ्जालसहित २३४ एटिएम, ३९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २०३ शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।