‘माटो रहे वन, वन रहे जीवन’, ४७ औं भू–संरक्षण दिवस

709
views

महेन्द्र जिसी
साउन, २५, पर्वत । पर्वतमा ४७ औ भू–संरक्षण दिवसमा वृक्षारोपण गरिएको छ । ‘माटो रहे वन, वन रहे जीवन’ भन्ने नाराकासाथ भू–संरक्षण दिवसमा विरुवा रोपिएको हो । राजमार्ग वरपर विरुवा रोपेिएको छ । कुश्मा पोखरा राजमार्गको दायाँबाँयातर्फ गुलमोरबा विरुवा रोपिएको हो । जिल्ला भू–संरक्षण कार्यालय र डिभिजन वन कार्यालयको सह–आयोजनामा विरुवा रोपिएको हो ।

डोजरे विकासले बनाएको क्षति न्यूनिकरण गर्न विरुवा रोपणले भ–क्षय रोक्न आवश्यक रहेको सहभागीले बताएका थिए ।

कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले विरुवा रोपेर कार्यक्रमको उद्धघाटन गरेका थिए ।

विरुवा रोपण कार्यक्रममा कुश्मा नगरपालिकाका उप–प्रमुख सिता काफले लामिछाने, डिभिजन वन कर्यालय पर्वतका सहायक वन अधिकृत केशव पुडाशैनी, भ–संरक्षण कार्यालयका प्रमुख कृष्णप्रसाद घिमीरे, सामुदायिक पदाधिकारीहरुको सहभागिता रहको हो ।