पर्वत अस्पतालमा निशुल्क डायलाइसिस सेवा शुरु

470
views

पर्वत, २५, साउन । पर्वत अस्पतालमा मिर्गोलाको निशुल्क डायलाइसिस सेवा शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा शुरु भएको सेवाको आजबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन गरे ।

पर्वत अस्पतालमा दैनिक ९ जनाले तत्काल डायलाइसिस सेवा लिन सक्ने गरि सेवा शुरु गरिएको छ । डायलाइसिस सेवा सुरु गर्न ४ वटा मेसिन जडान गरिएको छ । एक महिना सम्म पहिलो सिफ्टमा ९ जनालाई सेवा दिन सक्ने र जनशक्ति थप भएमा १८ जनालाई सेवा दिन सकिने पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए ।

डायलाइसिस सेन्टरमा २ जना मेडिकल अफिसर, ६ स्टाफ नर्स, र १ जना प्राविधिक रहेका छन् । पर्वतमा अस्पतालमा डायलाइसिस मेसिन जडान गर्न गण्डकी सरकारले १ करोड ३० लाख रुपैयाँ उपलब्ध गराएको थियो भने प्रतिनिधीसभाका सदस्य पदम गिरीले स्थानिय पुर्वाधार बिकास कार्यक्रम मार्फत जेनेरेटर खरिद गर्नका लागि १५ लाख उपलब्ध गराएका थिए ।

मुख्यमन्त्री गुरुङ्गले हेमो डायलाइसिस सेवाको उद्घाटन गर्दै प्रदेश सरकारले स्वास्थ्य सेवालाई आधारभूत तहका जनताको पहुँचमा सेवा पु¥याउने गरि काम गरिरहेको बताए ।

प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाको सेवालाई प्रभाबकारी बनाउन जनशक्ति ब्यबस्थपन र भौतिक पुर्वाधार बिकासका लागि काम भइरहेको छ उनले भने ‘जिल्ला अस्पतालहरुको स्टान्र्डड कायम गर्दै जिल्ला अस्पतालहरुमा उपकरण र सेवा सुविधा विस्तार गर्दै जाने योजनामा छ ।’

कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सदस्य पदम गिरीले पर्वत जिल्लामा स्वास्थ्य सेवा आधारभूत जनताको पहुँचमा पु¥याउन गण्डकी प्रदेश सरकारले गरेको सहयोगको प्रशंसा गरे । उनले आफुँले पनि डायलाइसिस सेवा सुरु गर्न स्थानिय पुर्वाधार साझेदारी कार्यक्रम मार्फत सहयोग गरेको बताए ।

गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेवी पुनले गण्डकी प्रदेश सरकारले जनता सरकारी अस्पतालमा आउँदा निराश भएर फर्कन नपर्ने गरि सेवा र पुर्वाधार बिकासको काम गरिरहेको बताईन् ।