कर्णालीमा सूचना प्रविधि विकास नेपाल सक्रिय

749
views

जितेन्द्र थापा
सुर्खेत, २५, साउन । कर्णाली सूचना  प्रविधि विकास नेपालको आइतबार एघार सदस्यि नयाँ कार्य समिति चयन भएको छ ।

२०६७ सालमा जिल्ला प्रासन कार्यालय कालिकोट र २०६७ मै समाज कल्याण समिति काठमाडौमा दर्ता भएको उक्त संस्था केहि समयसम्म विविध कारणबस सक्रिय थिएन् ।

निष्क्रय रहेको संस्थाको गठित कार्य समितिले आगामी निरन्तरता दिने कर्णाली सूचना प्रविधि विकास नेपालका अध्यक्ष गोकर्ण प्रसाद उपाध्यायले बताए । उनले भने ‘यो कार्य समितिमा जुझारु नयाँ टिम आएको र अब यो संस्थालाई निष्क्रिय हुन दिने छैनौ ।’

त्यस्तै गठित समितिको उपाध्यक्षमा भुपेन्द्र विसी, महासचिवमा धनराज उपाध्याय (ढकाल), सचिवमा प्रेम दर्जी, कोषाध्यक्ष शुक्ला उपाध्याय चयन भएका छन् ।   समितिको सदस्यहरुमा जितेन्द्र थापा, भिम प्रसाद खड्का, हिमाली पाण्डे, जनक बुढा, रेवति रमण न्यौपाने र चेत बहादुर फडेरा चयन भएका छन् ।

संस्थाको सल्लाहकार समिति मिम प्रसाद उपाध्याय संयोजक रहेको सल्लाहकार समितिको सदस्यहरुमा दश प्रसाद उपाध्याय, केशवराज कठायत, खगेन्द्र मल्ल, टेकराज काफ्ले र प्रदिप बोहोरा चयन भएका छन् ।