गण्डकी प्रदेशमा संक्रमितको संख्या १६ सय नाघ्यो

641
views

पोखरा, २६, साउन । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो पटक गरिएको नमूना परीक्षणका क्रममा पोखरा महानगरपालिका वडा नम्बर ५ का ३७ वर्षीय पुरुष र वडा नम्बर २६ का ४० वर्षीय महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यस्तै नवलपरासी (ब.सु.पू) को गैंडाकोट नगरपालिका वडा नम्बर २ का ३२ वर्षीय महिला र ३७ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ का ५२ वर्षीय पुरुष, स्याङ्जाको गल्याङ नगरपालिकाका ५२ वर्षीय १ जना पुरुषमा समेत कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

यस्तै तनहुँको भानु नगरपालिका र बन्दीपुर ५ का ३४ वर्षीय २ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ६ सय २० पुगेको छ । गत २४ घण्टामा कास्कीबाट ७ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । यसरी संक्रमित हुनेको संख्या १ हजार ४ सय ७० पुगेको छ ।