घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु

788
views

डोटी, २७, साउन । गएराति घर भत्किएर एकै परिवारका चार जनाले ज्यान गुमाएका छन ।डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानी, खलगडामस्थित लोगे लुहारको घर भत्किँदा चार जनाको मृत्यु भएको हो । पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा लुहारकी २६ वर्षीया श्रीमती विष्णा विक, ९ वर्षीय छोरा पारस विक, ४ वर्षीया छोरी सिरु विक र ९ महिनाकी छोरी कटी विक रहेको इलाका प्रहरी कार्यालय आदर्शकले जनाएको छ ।

घाइतेहरुको प्रहरी तथा स्थानीयले उद्धार गरी प्राथमिक उपचार पश्चात थप उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा पठाइएका छन्। प्रहरीका अनुसार चार जना गम्भीर घाइते छन् ।