कोरोनाले विश्वभर सात लाख ३८ हजार बढीको मृत्यु

382
views

काठमाडौं, २७, साउन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार मंगलवार विहानसम्म विश्वभर सात लाख ३८ हजार ६ सय ९५ ले ज्यान गुमाएका छन् । दुई करोड दुईलाख ४६ हजार पाँच सय ८० मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । एक करोड ३१ लाख सात हजार तीन सय ६० जना कोरोना मुक्त भइसकेका छन् ।

कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ । अमेरिकामा एकलाख ६६ हजार एक सय ९२ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

ब्राजिलमा एक लाख एक हजार आठ सय ५७ , भारतमा ४५ हजार तीन सय ५३ जनाले कोरोनाबाट गुमाईसकेका छन् । तथ्याङक अनुसार पछिल्लो मय मेक्सिकोमा समेत संक्रमणको दर बढ्दै गएको छ ।

मेक्सिकोमा ५३ हजार तीन जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै सात सय पाँच जनाले ज्यान गुमाएको तथ्याङकले देखाएको छ ।