तीनदिनदेखि मोदी गाउँपालिका अन्धकार

1157
views

पर्वत, २७, साउन । आईतवारदेखि मोदी गाउँपालिका अन्धकार बनेको छ । विद्युत उत्पादन केन्द्रको ट्रान्सर्फमर पड्किएपछि गाउँपालिका अन्धार बनेको हो ।

चट्याङका कारण या अन्य कुनै कारणले आईतवार जलेको ट्रान्सफर्मर फेर्नका लागि पहल भईरहेको नेपाल विद्युत प्राधिकरण केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार ट्रान्सफर्मर जलेपछि कुश्माबाट बोलाइएको प्राविधिक टोलिले बनाउन नसकेको र पोखराबाट आएको टोलीले सामान फेर्न नसकिने बताएपछि बाग्लुङबाट ट्रानसफमृर ल्याउने तयारी गरिएको छ ।

३३ केभी क्षमता अर्थात चारदेखि पाँचटनसम्म तौल हुने ट्रान्सफर्मर भएको र लकडाउनका कारण ढुवानी गर्न कठिनाई भइरहेको बस्नेतले बताए । जनशक्ति अभावका कारण केहीदिन लाग्न सक्ने जानकारी दिए ।