यसरी छाडिदिन्छन् प्रयोविहिन पशुहरु खोलानाला र भिरपाखामा

526
views

गोपाल जिसी/पर्वत । गाउँघरका पशुधनीले गाईका बाच्छा, साँढे तथा प्रयोगविहिन वृद्ध पशुलाई खोलानाला र भिरपाखामा छाडिदिन्छन् भने शहरमा एक जिल्लाबाट अर्को जिल्लामा छाडिदिने गरेको पाइएको छ । उमेर पुगेका वृद्ध पशु तथा जर्सी गाईका साँढे÷बहर शहरमा सडक र गाउँमा खेतीवालीमा छोडिदिंदा समस्याको विषय बनेको छ । गाईपालनमा रकमको आशा गर्नेहरु देखी कृषकले पालेका प्रयोगहिन पशु वेवारिसे अवस्थामा छाडिदिने गरेका हुन् । प्राय जर्सी गाई, जर्सीका बाच्छा, साँढे र वृद्धवृद्धा पशु वेवारिसे अवस्थामा छाड्ने गरेका हुन् । अलपत्र अवस्थामा पशु छाडिदिने समस्या नेपालको मात्रै नभई विश्वकै समस्याको रुपमा देखिएको जानकारहरुको भनाई छ ।
प्रयोगविहिन तथा वृद्ध पशुका लागि सरकारी कानुन
प्रचण्ड नेतृवको सरकारका बेला पशुलाई मानिसले आफूखुसी जति समय काममा लगाउने प्रवृत्तिलाई बन्देज लगाउने कानुन ल्याए पनि कार्यान्वयनमा आएको छैन् । ‘पशुपंक्षी विकास मन्त्रालयले पशुहितका लागि पशु कल्याण निर्देशिका ०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घण्टा काम, वृद्ध पशुलाई कामबाट निवृत्त गरी उचित हेरचाह, बुढो र गर्भवती पशुलाई कार्यबोझ कम, बाँध्ने दाम्लो र डोरी घाउ नलाने र पीडा नहुने गरी तयार गर्नुपर्ने प्रावधान ल्याएको छ । पशुहितका लागि कानुन बनेपनि पशुधनिले कानुनको बर्खिलाप गर्दै खोलानाला र भिरपाखामा छाडिदिंदा पशुहरु वन्यजन्तुको शिकारका साथै कष्टकर अवस्थामा बाँच्ने गरेका छन् ।
व्यवस्थापनमा कठिनाई
सरकारले प्रयोग विहिन अवस्थाका पशुलाई संरक्षण गर्ने नीति ल्याएपनि राज्य तथा स्थानिय निकायलाई व्यवस्थापनमा कठिनाइ भएको जिल्ला पशुसेवा कार्यालय पर्वतका पशुविकास अधिकृत विश्वनाथ गौतमको भनाई छ । स्थानीय निकायमा मात्र नभई देशका ठूला ठूला शहरमा समेत छाडा पशु व्यवस्थापन गर्न नसक्दा पशु छाड्ने प्रवृत्ति बढ्दो क्रममा रहेको गौतमले बताए । उनले भने ‘जनावरको कल्याण गर्ने समस्या देशमा मात्रै नभई विश्वमै व्याप्त रहेको छ ।
यसै सन्र्दभमा एउटा उदाहरण प्रस्तुत गर्दै पशु सेवा केन्द्र फलेवासका बरिष्ठ पशुविकास अधिकृत विष्णु बहादुर पाण्डे भन्छन्– ‘जिल्ला पशुसेवा कार्यालय पर्वतले स्थानीय एक कृषकलाई साँढे दिइएको थियोे, ति कृषकले उक्त साँढेको उमेर पुगेपछि विदाको दिनमा यहि कार्यालयमा छाडिदिएछन्, जसले पालेको पशु हो उसैलाई जिम्मा लगाउन प्रहरीलाई नै चिठी काट्नुप¥यो ।’ पाण्डेले गतबर्ष नै एकजिल्लाका वेवारिसे पशुहरु अर्को जिल्लामा छाडिदिएको घटना समेत सुनाउँदै छाडिएका पशु व्यस्थापनका लागि स्थानको अभावमा व्यवस्थापनको समस्या परेको बताए ।
वेवारिसे पशुबाट कृषक मर्कामा
पशुधनिले पाप धर्मको ख्याल नै नगरी जर्सी गाईका बहर, वृद्ध पशु तथा दुध नदिने गाई वेवारिसे अवस्थामा छाडिदिंदा देखिपाप हुने गरेको फलेवास नगरपालिका–३ साविक शंकरपोखरी गाविसका स्थानीयवासी दुर्गा प्रसाद लामिछानेको भनाई छ । लामिछाने भन्छ्न् ‘पशुधनिले वेवारिसे अवस्थामा छाडेका पशुले कृषकको खेतीवालीमा नोक्सान पु¥याउनुका साथै मरेका पशुले दुर्गन्ध समेत फैलिने गरेको छ ।’