डोटीमा भएको बस दुर्घटनामा तीनको मृत्यु, ३१ घाइते

587
views

डोटी, २८, साउन । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा भएको बस दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको छ । बस सडकबाट ३० मिटर तल खसेको थियो ।