कोरोना संक्रमितको संख्या दुई करोड आठलाख नाघ्यो

456
views

काठमाडौं, २९, साउन । विश्वभर फैलिएको कोरोना सक्रमितको संख्या दुई करोड आठ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोना संक्रमितको संख्या दुई करोड आठ लाख लाख ६ हजार दुई सय ४८ पुगेको छ ।

त्यस्तै आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ४७ हजार दुई सय ५६ पुगेको छ । कोरोना संक्रमित एक करोड ३७ लाख चार हजार ४६ जना कोरोनाबाट मुक्त भइसकेका छन् ।

कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ । अमेरिकामा मात्र एक लाख ६९ हजार एक सय ३१ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा एक लाख चार हजार दुई सय ६३, भारतमा ४७ हजार एक सस ३८ जनाले कोरोनाबाट गुमाईसकेका छन् । तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको ग्राफ बढ्दै गएको छ ।

मेक्सिकोमा ५४ हजार ६ सय ६६ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै सात सय ३७ जनाले ज्यान गुमाएको तथ्याङकले देखाएको छ ।