पछिल्लो २४ घण्टामा कर्णालीमा ५ बालबालिका सहित १८ जनामा कोरोना पुष्टि

560
views

सुर्खेत ।  कर्णाली प्रदेशमा आज १८ जनामा कोरोना संक्रमण पुष्टि भयको छ ।

प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत मा गरिएको परीक्षणमा थप १८ जना संक्रमित फेला परेको सामाजिक विकास मन्त्रालय अन्तर्गत को स्वास्थ सेवा महाशाखा ले जनाएको छ।

प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत मा गरिएको परिक्षण मा बिरेन्द्रनगर नगरपालिका का ५ जना बालबालिका सहित १७ जना र लेकबेशि नगरपालिका का १ जना मा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टा मा ६९४ जना को कोरोना परिक्षण गरिएको मा ६ सय ७६ जना को कोरोना रिपोर्ट नेगेटिभ आएको हो।  यो सङ्गै कर्णाली प्रदेश मा कोरोना सङ्क्रमित को जम्मा संख्या २ हजार ५२ पुगेको छ।

पछिल्लो २४ घण्टा मा कर्णाली प्रदेश मा कोरोना निको भइ ७ जना डिस्चार्ज भएका छन र हाल सम्म कोरोना निको भइ डिस्चार्ज हुने को संख्या कर्णाली मा १ हजार ९ सय १ रहेको छ

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भएको छ भने आइसोलेसन मा रहेका तथा रहने क्रम मा रहेका कोभिड १९ का सक्रिय बिरामी को संख्या १ सय ४५ रहेको छ। कर्णाली प्रदेश मा हाल सम्म ४६ हजार ६२ जना को पिसिआर परिक्षण गरिएको छ।