देशभर कोरोना संक्रमणबाट मृत्यु हनेको संख्या तीव्र, एकैै दिन १० को मृत्यु

599
views

काठमाडौं । देशभर कोरोना संक्रमणबाट मृत्यु हनेको संख्या तीव्र गतिमा बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढदै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा आठ जनाले ज्यान गुमाएको बताए। गौतमका अनुसार ज्यान गुमाउने मध्ये तीनजना ६० वर्षमाथिका, ५० वर्ष मुनिका तीन र एक जना ५० वर्ष माथिका छन्।

काठमाडौं महानगरपालिका(१२ टेकु निवासी ७८ वर्षीया महिलाको किस्ट मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो। धादिङको नीलकण्ठ नगरपालिका(१४ निवासी ३२ वर्षीय पुरुषको कोरोना संक्रमणपछि ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो। धनुषाको जनकपुर उपमहानगरपालिका(१ का ७८ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा बुधबार बिहान मृत्यु भएको छ।

त्यस्तै, जनकपुर उपमहानगरपालिका(१ निवासी ३८ वर्षीया महिलाको पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका बुधबारै ज्यान गएको छ। यसै गरी सप्तरीको डाक्नेश्वरी(८ घर भई हाल राजविराज नगरपालिका(६ सिरहा रोडमा बस्दै आएका ७२ वर्षीय पुरुषको पनि मंगलबार राति कोरोनाबाट ज्यान गएको छ। मोरङको बुढीगंगा गाउँपालिका(२ गंगा चोक निवासी ५५ वर्षीय पुरुषको उपचारकै क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको छ।

कपिलवस्तु नगरपालिका(२ निवासी तौलिहवाका ४२ वर्षीय पुरुषको बुधबारै बिहान बुटवल कोरोना विशेष अस्पतालमा ज्यान गएको छ। बारा कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणपछि उपचारका क्रममा ललितपुरको किस्ट मेडिकल कलेजमा निधन भएको छ। यसरी बुधबारसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९१ पुगेको छ।

वीरगञ्जको सडकमा मृत फेला परेका एक व्यक्तिमा कोरोना पुष्टि भएको हो। बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीका ३८ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ। विराटनगरको कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको बुधबार साँझ ४ बजे मृत्यु भएको छ। विराटनगर महानगरपालिका ५ निवासी ७७ वर्षीय पुरुषको निधन भएको हो। संक्रमितमा दम र सुगर रहेको अस्पतालका डा। दिपक सिग्देलले थाहाखबरलाई बताए।