सिन्धुपाल्चोक पहिरो अपडेटः ६ जनाको मृत्यु

632
views

सुर्खेत । अविरल वर्षाका कारण राति कालिकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । कालिकोटको महाबै गाँउपालिका वडा नम्बर ३ नख्खु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको मृत्यु भएको छ ।

पहिरोमा घर पुरिँदा वडा सदस्य बिष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर बिष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णालीका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए ।

स्वकीय सचिव सिंहले आफू घटना स्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिए। घटना स्थलमा फोनले काम नगरेको पनि उनले बताए। उनका अनुसार घर भत्केको छ।