आखिर के हुन्छ ? ओली–प्रचण्डबीचको छलफलमा

881
views

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुने भएको छ । ९ दिनपछि हिजो भएको छलफल सकारात्मक भएपछि आज पुनः दुई अध्यक्षबीच छलफल हुन लागेको हो ।

हिजोको छलफलमा पार्टीको विवाद अन्त्यका लागि महाधिवेशनमा जाने प्रस्ताव अध्यक्ष ओलीले राखेका थिए । जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्ने र त्यसपछि एकल अध्यक्षका रुपमा पार्टीको नेतृत्व प्रचण्डले गर्ने तथा सरकारको नेतृत्व ओलीले गर्ने प्रस्तावमा हिजो छलफल भएको थियो ।

 

पार्टीका दोस्रो तहका नेताहरुले तय गरेको सहमतिको रुपरेखामा अध्यक्षद्वयबीच हिजो सकारात्मक छलफल भएपछि आज थप छलफल हुन लागेको हो । आज पनि थप छलफल गरी लामो समयदेखिको विवाद टुंग्याउने तयारी भए पनि बैठकको समय भने तय भइनसकेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । नेकपामा शीर्षस्तरमा जारी विवादका कारण गत असार १० गतेदेखि बोलाइएको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ ।