कर्णाली प्रदेशको भौतिक प्रगति सुस्त

970
views

सुर्खेत । कर्णाली प्रदेशमा प्रमुख प्राथमिकताका रुपमा रहेको भौतिक विकाश नै कछुवाको गतिमा रहेको छ । पर्यटकीय हिसाबले थुप्रै सम्भावना बोकेको यस कर्णाली प्रदेशको राजधानी मै सडक बिकासले राम्रो गति लिन सकेको छैन् ।

प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रमुख पर्यटकिय स्थलका रुपमा रहेको काक्रेबिहारमा पुग्न पनि सडककै कारणले पर्यटकहरुलाइ निकै सास्ती हुने गरेको छ । कर्णालीका महत्वपुर्ण र थुप्रै सम्भावना बोकेका पर्यटकिय स्थलहरुमा सडककै कारण आन्तरिक तथा बाहय पर्यटकलाई निकै सास्ति हुने गरेको छ ।

यस्तै कर्णाली प्रदेशमा पर्ने सबै भन्दा लामो सुर्खेत देखी जुम्ला जोड्ने ‘दुईसय ३२ किलो मिटर’ कर्णाली रार्जमार्गको दुरदशा पनि उस्त रहेको छ ।

सडक निर्माण सुरु भएको १३ बर्ष पुगि सक्दा पनि कर्णालीबासीले सुखसँग यात्रा गर्न नपाएको दैलेखका हेमराज थापाले बताए । उनले भने ‘मैले कर्णाली राजमार्ग हुदै दैलेख सुर्खेत यात्रा गर्न थालेको पाँच वर्ष भयो सडकको दुर्दशा उस्तै छ यात्रा गर्दा मुटुनै झस्किन्छ ।

साघुरो सडक, बिच्चमा खोलानाला, सडक माथिबाट खस्ने पहिरो र ढुङ्गाले यात्रु तथा सवारी चालकले समेत दुःख झेल्दै आएका छन् । बर्षायामको समयमा कर्णालीका विभिन्न क्षेत्रका सडकमा पहिरो गएर सडक अबरुद्ध भएर आफ्नो लक्ष्यमा पुग्न नसकेको दैनिक जसो कर्णाली रार्जमार्गमा यात्रा गर्ने याीिहरुकोहरुको गुनासो रहेको छ ।

यता भौतिक पुर्वाधार विकास मन्त्रालयले आफ्नो नियमित काममा भने गति लिन सकेको छैन् । आर्थिक बर्ष २०७६÷७७ अर्थात एक बर्षमा कर्णाली प्रदेश अन्तरर्गत भौक्तिक पुर्वाधार विकास मन्त्रालयले एक किलोमिटर आठसय २० मिटर मात्र सडक कालोपत्रे गरेको छ । कर्णालीका १० वटा जिल्ला मध्ये रुकुम पश्चिमा एक किलोमिटर एकसय मिटर र सुर्खेत जिल्लामा सातसय २० मिटर कालोपत्रे सम्पन्न भएको भौतिक पुर्वाधार विकास मन्त्रालयका सुचना अधिकारी तथा इन्जिनियर नविन थापाले जानकारी दिए ।

सुचना अधिकारी थापाका अनुसार कर्णालीका १० वटै जिल्लाहरुमा ४९ दशमलव ०४ किलोमिटर मात्र सडक ग्राभेल भएको छ । जस्मा सुर्खेतमा १२ किलोमिटर, जुम्लामा एक दशमलव पाँच किलोमिटर दैलेखमा दुई दशमलव ५७ किलोमिटर, सल्यानमा सात किलोमिटर र रुकुम सडकमा २६ किलोमिटर सडक ग्राभेल भएको छ । साथै मन्त्रालयले कर्णालीका ६ वटा जिल्लामा एकसय ५६ किलोमिटर २६ मिटर सडकको थप बिस्तार गरेको छ ।

त्यस्तै २७ दशमलव ५७ किलोमिटर थप सडकको नाली निर्माण सम्पन्न भएको मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।

यस्तै कर्णालीका विभिन्न जिल्लामा गरेर १६ वटा सकडमा पुल निर्माण समेत सम्पन्न भएको छ । जस अन्तरर्गत रुकुमपश्चिमा एक, जुम्लामा तीन, दैलेखमा ११ र सल्यानमा एक गरि १६ वटा सडका थप पुल निर्माण सम्पन्न भएको सुचना अधिकारी थापाले बताए ।

कर्णालीका चार जिल्लामा गरेर आठ वटा झोलुङ्गे पुलको पनि निमार्ण सम्पन्न भएको छ । जस्मा दैलेखमा चारवटा, डोल्पामा दुई, जुम्लामा र रुकुमपश्चिमा गरेर एक–एक वटा रहेका छन् ।
कर्णालीका १० जिल्लामा नयाँ ट्रयाक अन्तरर्गत ३८१.३० कि.मी ट्रयाकको बिस्तार

सुचना अधिकारी थापाका अनुसार कर्णालीका १० वटै जिल्लाहरुमा सडकको नयाँ ट्रयाक अन्तरर्गत तीनसय ८१ दशमलव ०३ किलोमिटर ट्रयाकको बिस्तार भएको छ । जस्मा सुर्खेत जिल्लामा २५ दशमलव पाँच किलोमिटर, रुकुमपश्चिमा ३१ किलोमिटर, मुगुमा २० किलोमिटर, जुम्लामा ३५ किलोमिटर, कालिकोटमा १४ किलोमिटर, जाजरकोटमा ५० किलोमिटर, हुम्लामा १४ दशमलव ६ किलोमिटर, दैलेखमा ७२ दशमलव ९१ किलोमिटर, डोल्पामा २६ किलोमिटर र सल्यानमा ५० किलोमिटर सडको नयाँ ट्रयाकको बिस्तार भएको हो ।

मन्त्रालयले कर्णालीका विभिन्न जिल्लाहरुमा खानेपानि सुविधा नभएको ठाउँमा खानेपानिको व्यावस्था, सिचाइको सुविधा, विभिन्न व्याक्तीहरुलाई जनता आवास कार्याक्रमद्धारा जनता आवासको निर्माण समेत गरेको बताइएको छ । जस्मा कर्णालीका २१ हजार चारसय ६७ जनालाइ खाने पानिको व्यावस्था गरेको, ६ सय ६९ वटा जनता आवास निर्माण सम्पन्न भएको चारसय १९ वटा आवास निर्माणधिन रहेको र कर्णालीका १० वटै जिल्लामा गरि दुईहजार नौँसय ५५ हेक्टरमा सिंचाई सुविधा समेत पु¥याएको मन्त्रालयले जनाएको छ ।