धरानमा कोरोनाबाट ५० बर्षिया महिलाको मृत्यु

692
views

काठमाडौं, ३२, साउन । कोरोना भाइरस (कोभिड–१९) का कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् ५० वर्षीया महिलाको मृत्यु भएको छ ।

विराटनगरको न्यूरो अस्पतालबाट रिफर भएर शनिबार प्रतिष्ठानमा भर्ना भएकी ति महिलाको आज विहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

विराटनगर तिनपानीकी उनी फोक्सो र थाइराइडसम्बन्धि रोगसंग लड्दै आएकी थिइन् । मृतकको शव व्यवस्थापनको तयारी भइरहेको छ ।