सिन्धुपाल्चोक पहिरोमा बेपत्ता भएकाहरुको खोजी उद्वारमा नेपाली सेना

1141
views

सिन्धुपाल्चोक, ३२, साउन । साउन ३० गते सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं २ मा साउन ३० गतेको पहिरोमा परि हराएकाहरुको खोजी तथा उद्वार कार्यलाई नेपाली सेनाले जारी राखेको छ ।

नेपाली सेनाको श्री गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय को सहयोगमा खेजी गरिरहेको छ ।

उक्त पहिरोमा हराएका मध्ये सेनाले चारजना महिला, तीनजना पुरुष, पाँचजना बालिका र सातजना बालक गरि १९ जनाको जनाको शव फेला पारेको जनाएको छ ।

उक्त पहिरोमा परि हराइरहेका २० जनाको खोजी कार्य जारी राखेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले साउन ३० गतेदेखि नै नेपाली सेनाको एमआइ–१७ हेलिकप्टरद्वारा खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामग्री ढुवानी गरी उक्त स्थानमा पुर्याएको जनाएको छ ।

स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायहरुसँग समन्वय र सहकार्य गरी सेनााको ४७ जनाको टोलीले खोज तथा उद्धार कार्यमा खट्टिइरहेको छ ।