पर्वतमा मास्क नलगाउनेलाई एक सय जरीवाना

1154
views

महेन्द्र जिसी
पर्वत, ३२, साउन । लकडाउन खोकुलो भएपछि पर्वत सदरमुकाम कुस्मा बजारमा चहलपहल निकै बढ्दै गइरहेको छ। व्यापार व्यवसाय बिस्तारै लयमा फर्किँदै गर्दा मास्क अनीवार्य गराउन पर्वत प्रहरीले अभियालन चलाएको छ ।

मानिसको चहलपहलसँगै व्यापार बढ्दा कोरोना फैलीने जोखिम पनि बढी भएप्छि मास्क अनीवार्य गराउन एक पटकमा एक सय रुपैयाँ जरीवाना गरीने व्यवस्था गरीएको पर्वत ट्राफिकले जनाएको छ । सडकमा हिँड्नेले मास्क प्रयोग नगरेपछि जिल्ला प्रहरी कार्यालय पर्वतले मास्क लगाउने बानी पार्न नयाँ तरिका अपनाएको छ ।

सडकमा हिँडिरहेकाले मास्क नलगाएको देखिए प्रहरीले उनीहरूलाई त्यही अस्थायी हिरासतमा राख्ने तथा जरीवाना गराउने गरेको हो । छिमेकी जिल्ला स्याङ्जाको अवस्थालाई पर्वतमा पनि उच्च सुरक्षा सतर्कता अपनाउनुपर्ने अवस्था आएको पर्वत प्रहरी प्रमुख विश्वराज अधिकारीले जानकारी दिए ।

पर्वत कुस्माको लोकतान्त्रिक चोक र शिवालयचोकमा धनेश्वर चोक लगायतका स्थानमा बसेर मास्क नलगाउनेलाई नियन्त्रणमा लिएर जरीमाना तिराईएको छ । मास्क अनिवार्य र भिडभाडलाई नियन्त्रण गराउन प्रहरी परीचालन गरीएको हो ।

छिमेकी जिल्लास्याङ्जा र कास्की मा कोरोना फैलिएपछि पर्वत प्रवेश गर्ने र बाहिरिने नाकाहरूमा कडाइ गर्न थालिएको हो । पर्वतको मध्य र दक्षिणमा स्याङ्जाबाट भित्रिने नाकामा सुरक्षा जाँचमा कडाइ गरिएको छ। दक्षिण पर्वतको व्यापारिक कारोबार र आगमन सबै स्याङ्जासँग निर्भर छ ।

दक्षिणमा सबैभन्दा बढी सवारी साधन भित्रिने हुवास, कार्कीनेटा लगायतका नाकामा गत हप्ता देखी नै सुरक्षा जाँचमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।