यी हुन बुटबलका सबै विषयमा ‘ए–प्लस’ ल्याउने विद्यार्थी

546
views

बुटवल । रुपन्देहीका आर्दश पाण्डेले एसईईको परीक्षाको सबै विषयमा ए–प्लस ल्याएका छन् । रुपन्देही सैनामैना नगरपालिकास्थित रामापुर रिभाइवल स्कुलका यी विद्यार्थीले आफूले सबैभन्दा बढी अंक ल्याएको दाबी गरेका छन् ।
प्लस टुमा विज्ञान विषयमा बायोलोजी लिएर पढ्ने योजना बनाएका उनी भविष्यमा कार्डियोलोजिस्ट बन्न चाहेको बताए । एसईईको परीक्षापछि खाली समयमा बुटवलस्थित ह्वाइट हाउस ब्रिजकोर्समा विज्ञान विषयको ब्रिजकोर्स अध्ययन गरेका थिए ।
गत वर्ष सबै विषयमा जीपीए ए–प्लस ल्याउने समीक्षा सुवेदीलाई देखेरै आफूले पनि सक्छु भन्ने लागेको उनले बताए । “हाम्रो नजिकैको स्कुलबाट समीक्षा दिदीले ल्याएको सफलताले मलाई पनि हौसला मिल्यो” उनले भने ।
उनी कक्षा ४ देखि नै फस्ट हुन्थे । आफू कक्षा १० मा पुगिसकेपछि बुबाआमासँगै स्कुलका प्रिन्सिपल सरले पनि निकै सहयोग गरेको बताए । आफ्नो सफलताको श्रेय उनले विद्यालयको गुणस्तरीय शिक्षालाई दिए ।
पाण्ड्येका बुबा पाल्पास्थित कृष्णगण्डकी स्कुलमा अंग्रेजी विषय पढाउँछन भने आमा रिभाइवल स्कुलमै कक्षा ८ सम्म नेपाली विषय अध्यापन गराउँछिन् ।
२०५७ साल माघ १८ गते जन्मिएका पाण्ड्येको एसईई सिम्बोल नम्बर ०४८९९५३ आई हो ।