एसीसीको बटमलाइनमा ओली–प्रचण्ड एकता

112
views

-कुमार शाह
एक जमाना थियो, पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिण एशियाका ‘राजनीतिक खेलाडी’ मानिन्थे । उनले हरेक भाषणमा भन्थे– ‘केही दिनमा चमत्कार हुनेवाला छ ।’ हुन्थ्यो पनि चमत्कार त्यो थियो आमनेपालीले सोच्दै नसोचेको काम उनै प्रचण्डले आफै गरिदिने । हनुमानहरुको बीचमा अनावश्यक तारिफ चल्थ्यो– ‘प्रचण्ड दक्षिण एशियाकै राजनीतिक खेलाडी हुन् ।’ कुनै पनि राजनीतिक घटनाक्रम, त्यो पनि शान्तिकालमा, विना सिलसिला आकाशबाट फुत्त खस्ने संभावना थिएन । तात्कालीन अवस्थामा प्रचण्डका ‘हुनेवाला चमत्कार’ सबै दिल्लीको क्यालेण्डर अनुसार सिलसिलेवार र योजनाबद्ध रुपमा कार्यान्वयन हुँदै जान्थे । यसको बटम लाइन थियो– १२–बुँदे दिल्ली सम्झौता । त्यसैले यो आफैमा ‘चमत्कार’ नभएर ‘लम्पसार’ थियो । प्रचण्ड ‘दक्षिण एशियाका राजनीतिक खेलाडी’ होइन, दक्षिण एशिया चलाउने दिल्ली निर्देशित एक ‘हायर एण्ड फायर’ खेलाडी थिए । अब त उनका दिन पनि गए ।

अहिले दिन उदाएको छ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको । उनी स्वयम् आफैले समकालीन राजनीतिमा सबैभन्दा सुयोग्य नेता भएको स्वघोषणा समेत गरिसकेका छन् । उनले प्रचण्डजस्तो ‘चमत्कार हुनेवाला’ कुराको भाषण गर्दैनन् तर पनि उनले गर्ने भनेको उही चमत्कार कै कुरा हुन् । पुष्पकमल दाहालले गुथेको ‘प्रचण्डपथ’को पगरीलाई तह लगाउन उनले ‘ओली डक्ट्रिन’ प्रतिपादन गरिसकेका छन् । उनको पुस्तक नै पढ्न पाइन्छ यसबारेमा । उनले हरेक काम मुसुमुसु हाँसेर, त्यो पनि आसेपासेका बीचमा फुराएर, फत्ते गर्छन् । उनी अलि सतर्क देखिन्छन् किनकि उनको क्यालेण्डर प्रचण्डको जस्तो हिन्दीमा होइन, अमेरिकन अंग्रेजीमा लिपिवद्ध गरिएको छ ।

हाल क्यालेण्डरविहीन रहेका प्रचण्डलाई अमेरिकी क्यालेण्डर अनुसार अघि बढिरहेका प्रम ओलीले तह लगाउन कुनै आइतवार लाग्दैन । सबैले देखेकै कुरा हो, भएको पनि छ त्यस्तै । ‘मच्चियो, मच्चियो, अनि थच्चियो’ भने झैं अब प्रचण्डको अगाडि सम्झौता र ‘त्वम् शरणम्’ बाहेक कुनै विकल्प छैन । उनले आफ्नै इतिहास कलंकित गरे, मेटे र मेट्न लगाए । उनले आफुलाई नै यति धेरै विद्रुपीकरण गरे कि अब उनीसँग न ‘पुष्पकमल दाहाल’ छ त ‘प्रचण्ड’ नै । भौतिक अस्तित्वमा त छन् तर उनका आफ्नै भनिनेहरु सबै लाखापाखा लागिसके । त्यो पनि प्रचण्डले अब निर्णय क्षमता नै गुमाइसके भनी सार्वजनिक रुपमै घोषणा गरेर ।

राजनीति गर्ने मानिसले राजनीतिक पृष्ठभूमि वा जगको निकै हेक्का राख्नुपर्छ । नेपाली कांग्रेसले २००७ सालको क्रान्तिको कुरा गर्छ, त्यसैमा उसको इतिहासको जग छ । पूर्व माले÷एमालेले २०२८ सालका झपा विद्रोहको कुरा गर्छ, त्यसैमा उसको भलो छ । तर तात्कालीन अध्यक्ष रहेका प्रचण्डले रातारात जनयुद्ध खारेज गरे, जनसत्ता, जनसेना र जनअदालत बिघटन गरे, एकै वचनमा । अहिले उनीसँग न इतिहास छ, न वर्तमान, न त भविष्य नै १ उनको ‘नांगा नाचे हजार दाउँ’को खेल समाप्त भैसकेको छ । पूर्व एमाले नेता ओलीले ‘भैंसी किने त जुम्रा त्यसै आइहाल्छन्’ भनेर प्रचण्डलाई भैसी र उनका कार्यकर्तालाई ढारी, लिखा र लिम्मा त्यसै वर्गीकरण गरेका होइनन् । यद्यपि प्रम ओलीका आडम्बरपूर्ण क्षणहरु भोलिका दिनसम्म रहने छैनन् तापनि आज उनी अमेरिकाको सबैभन्दा बढी भरपर्दा र सबैभन्दा बढी आशिर्वादप्राप्त नेता भने हुन् ।

उनकै कोर्टमा फ्याँकिएको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को एकताको भकुण्डो ओलीले निकै धुत्र्याइँका साथ समाएका छन् । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन, ९एमसीसी० लाई बटम लाइन बनाएर, पार्टी एकताको संयन्त्र खडा गरेर, पार्टी एकताको एजेण्डा अघि बढाएका छन् । यो प्रस्ताव स्वीकार गर्नु प्रचण्डका लागि बाध्यात्मक छ, विकल्प नै छैन । यो प्रस्तावमा उनले ‘तोलाको जिभ्रो फड्कार्नुभन्दा धार्नीको टाउको हल्लाइसकेका’ देखिन्छन् । अब यो वा त्यो नाममा सत्तारुढ नेकपाले सिंगैले ९एकाध बाहेक० एमसीसी पारित गर्न बचनबद्ध रहने छन् । ओलीलाई एमसीसीको पक्षमा ध्रुवीकरण गर्नु थियो, सिंगै पार्टी नै एमसीसीको पक्षमा आए केको टाउको दुखाइ रु उनी त महाशक्तिका निर्देशनमा पार्टी फुटाउने र ध्रुवीकरण गर्ने उद्देश्यले रातारात दुईदुईवटा अध्यादेश पारित गराएर सिंगो राज्यसंयन्त्र प्रयोग गरी मान्छे अपहरण र थुनछेक गर्दै गर्दा पनि त्यसलाई थेग्न नसकी ‘ब्याक’ भएका पथिक हुन् । अहिले एमसीसी पारित गर्न ‘बढार्नुपर्ने कसिंगर हावाले उडाइदिए’ पछि योभन्दा ठूलो ‘दैवको सहारा’ ओलीका लागि अरु केही पनि हुन सक्दैन ।

देशभित्र यस्तोखाले ध्रुवीकरण बनिरहँदा हामीले नेपालको सन्दर्भलाई लिएर तात्कालिक हिसाबले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको सामान्य आँकलन र हिसाबकिताब गर्न पनि छुटाउनु हुँदैन । त्यो हो, पहिले सत्ताधारी फुटाउन लागेको अमेरिका अहिले सत्ताधारीलाई ९‘मिलेमा’ होइन कि ‘ध्रुवीकरण’ भएमा० जुटाउने पक्षमा लागेको छ । ख्याल गर्नुपर्ने कुरा के हो भने पहिले भारत–चीन ९इण्डो–चाइना० सत्ताधारी जुटाउनतिर लागे, अमेरिकीहरु फुटाउनतिर लागे । किनकि एमसीसीको तीब्र विरोध भएपछि अमेरिका डराएको थियो । ओलीको अध्यादेश पनि फिर्ता हुने र ‘सत्ताधारी एक हुनुपर्छ’ भन्ने भावना पनि मजबुत रहेको यो पछिल्लो समयमा अमेरिकी भने इण्डो–चाइनाको सत्ताधारी जुटाउने एजेण्डा खोसेर आफ्नो हातमा लिन लागिपरेको देखिन्छ । सत्ताधारी नेकपा एकजुट त बनाउने तर ध्रुवीकरण गरेर भन्नेमा अमेरिका निकै सतर्क छ ।

एमसीसी पारित गर्ने कुरालाई एकताको खोलभित्र लुकाएर बटम लाइन बनाइ सत्तारुढ नेकपाभित्रको एकतालाई पार्टी एकता संयन्त्रमार्फत् अघि बढाइएको छ । यो एमसीसीको पक्षमा ध्रुवीकरणसहितको सत्ताधारी गठबन्धनको एकता हो । यसले चीन, भारत र अमेरिकालाई फेरि आ–आफ्नै एजेण्डामा खेल्ने अवस्थामा धकेलेको छ । अमेरिका जसरी पनि एमसीसी पास गर्ने, भारत जसरी पनि नेपालमा आफ्नो वर्चस्व कायम गर्ने र चीन ‘वान बेल्ट वान रोड’ (ओबीओआर) को नेपाल–चीन सहमति कार्यान्वयन गराउने पक्षमा खरो गरी उत्रन थालेका छन् । अमेरिका पार्टी एकताका नाममा प्रम ओली पक्षमार्फत् एमसीसीको ध्रुवीकरणमा लागेको छ । भारत आर्थिक सहयोग र कुटनीतिक तथा अन्य उपायहरु एकसाथ लिएर प्रादेशिक तथा स्थानीय सरकारतिर लागेको छ । चीन ओबीओआर कार्यान्वयन गर्न÷गराउन ओली सरकारलाई ताकेता गर्न थालेको छ ।

यो बेलामा चीन र भारतका गतिविधि सापेक्षतामा कम दबाबमूलक र सहमतिका आधारमा गर्न÷गराउन खोजिएको देखिइरहँदा अमेरिकाको एमसीसी पारित गरिदिने शर्त भने दबाबमूलक बनेर देखा परेको छ । स्मरण रहोस् सत्तारुढ नेकपाको एकता संयन्त्र बन्नुपूर्व प्रम ओलीको नेतृत्वमा एसीसी पारित नहुने देखिएपछि अमेरिकाले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा एमसीसी पक्षधरहरुको ध्रुवीकरण गराइरहेको थियो । पार्टी एकताका नाममा कांग्रेसमा प्रवेश गरेका सुनिल थापाहरुको चर्तिकलालाई यसैसँग जोडेर हेर्न कन्जुस्याइँ गरियो भने त्यो अराजनीतिक हुन जान्छ । अहिले कांग्रेसभित्रको अमेरिकी लवीको ध्रुवीकरणको प्रक्रिया शिथिल भएको छ भने र सत्ताधारी पार्टी नेकपाभित्र अमेरिकी लबीको ध्रुवीकरण ओलीको नेतृत्वमा निकै क्रियाशील बन्दै गएको छ । सत्तारुढ नेकपाभित्रको यस ध्रुवीकरणमा एमसीसी पारित गरिनु पर्ने कुरालाई एकताको बटम लाइन बनाइएको छ । मुलबाटो डटकमबाट