सर्खेतमा जिप दुर्घटना,२ जना घाइते

321
views

सुर्खेत । सर्खेतको वीरेन्द्रनगर १५ साल्डाँडामा मंगलबार बिहान जीप जिप दुर्घटना भएको छ ।

मंगलबार बिहान जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन् । छेडा र लादेकोको भित्र साल्डाँडाको कच्चीबाटोमा बिहान करिब ९ बजे जीप दुर्घटना भएको हो ।

वीरेन्द्रनगरबाट चामल लिएर दैलेखतर्फ जाँदै गरेको लु.अ.अ क. ४७६६ नम्बरको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको ट्राफिक प्रहरी जवान रामबहादुर रानाले बताए ।

दुर्घटनामा घाइते चालक २७ बर्षिय टोपबहादुर खासु मगर र गाडी मालिक निर्देश शर्मालाई उपचारका लागि वीरेन्द्रनगर ल्याइएको छ ।