राष्ट्रिय झण्डा जलाइयो भिडियोमा देखाउन

651
views

हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा खिचिएको एउटा भिडियो र त्यससम्बन्धी फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। ‘मंगोल होप’ युट्युब च्यानलबाट अपलोड भएको भिडियोमा नेपालका बाहुन(क्षेत्रीलाई गाली गर्दै राष्ट्रिय झण्डा समेत देखाइएको छ।

देशद्रोही एल्बम नाममा नेपालमा बाहुन(क्षेत्री शरणार्थी भन्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला, सुशील कोइराला, माधवकुमार नेपाल, पूर्व राजा ज्ञानेन्द्र शाह लगायतको फोटो जलाइएको छ।

म्युजिक भिडियोमा लाइक भन्दा डिस्लाइक हजारौँ गुणा बढी आएको छ। सोमबार सार्वजनिक गरिएको भिडियोलाई हालसम्म भिडियोमा कमेन्ट गर्ने अधिकांशले यस्तो भिडियोले जातीय विद्वेष ल्याउन सक्ने चिन्ता व्यक्त गरेका छन्।

 देशको गौरव राष्ट्रिय झण्डा जलाउनेलाई कडा कारबाहीको माग गर्दै कमेन्ट गरेका छन्। सामाजिक सञ्‍जाल फेसबुकमा पनि भिडियोबारे प्रतिक्रिया दिँदै फेसबुक प्रयोगकर्ताहरूले देशद्रोही भिडियो बनाउने र खेल्नेलाई नियन्त्रणमा लिएर कानुन अनुसारको कारबाही अगाडी बढाउन माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले केही उजुरी फोन र सामाजिक सञ्जालबाट आएको बताएका छन्। उनले लिखित उजुरी नआए पनि प्रहरीकै प्रतिवेदनले भिडियो खिच्‍ने, बनाउने र अभिनय गर्नेलाई पक्राउ गरेर मुद्दा चलाउन मिल्ने बताए ।


प्रहरीले मकवानपुरका सबै युनिटहरूमा जानकारी गराएका खोजी तीव्र पारेको छ। मुलुकी अपराध ९संहिता० ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ। थाहाखबरबाट साभार