इङ्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेस्टमा वर्षा बाधक

330
views

एजेन्सी  । इङ्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेस्टमा वर्षा बाधक बनेको छ। वर्षाका कारण इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेस्ट ‘ड्र’ भएको हो ।

धेरै वर्षा भएसंगै पाँचौ तथा अन्तिम दिन खेल बराबरी भएको घोषणा गरिएको छ। वर्षाका कारण अन्तिम दिन चार ओभर भन्दा बढी खेल हुन सकेन।

पहिलो इनिङ १ विकेट गुमाएर ७ रनले अघि रहेको इङ्ग्ल्यान्डले चार विकेट गुमाएर १ सय १० रन बनाएर क्रिजमा रहेको थियो। साउथह्याम्टनमा इङ्ग्ल्यान्डका ज्याक क्राउलीले ५३ रन बनाएका थिए ।

यस्तै, डम सिबलीले ३२ रनको योगदान दिए। वर्षाका कारण तेस्रो दिन खेल हुन सकेको थिएन । चौथो दिन समेत अधिकांश समय खेल हुन सकेको थिएन । पहिलो दुई दिन खराब प्रकाशका कारण खेल प्रभावित बनेका कारण लगातार खेल प्रभावित हुँदै आएपछि पाँचौ दिन दुबै टिम बराबरी गर्नका लागि सहमत भएका हुन्।

पाकिस्तानले पटक पटकको अवरोधकाबीच २ सय ३६ रन बनाउँदा अलआउट भएको थियो। इङ्ग्ल्यान्ड तीन म्याचको सिरिजमा १–० ले अघि छ। तेस्रो तथा अन्तिम टेस्ट शुक्रबार बाट सुरु हुने छ। घरेलु टोली इङ्ग्ल्यान्डलाई १० वर्षमा पहिलो पटक पाकिस्तानलाई हराउने मौकाका रुपमा यो प्रतियोगितालाई लिएको छ।