सान्तडा सैनीबजारको बस्ती नै बग्यो, १७ बढी बेपत्ता, चार जनाको शव भेटियो

529
views

काठमाडौं । अछामको रामारोशन गाउएपालिका वडा नं–३ सान्तडाको सैनीबजारको बस्ती नै बगाउँदा १७ जना भन्दा बढी बेपत्ता भएका छन् । घटनामा चार जना शव भेटियो भेटिएको छ ।

मध्यरातमा कैलाश खोलाले सैनी बजारका घर बगाउँदा १७ जना सम्पर्कविहीन भएको र चार जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष झंकरबहादुर साउदले बताए ।

नदीले बगाएका चार शव प्राप्त भएको र ठूलो जनधनको क्षति भएको बताइको अध्यक्ष साउदको भनाइ छ । घटनास्थलमा सदरमुकामसहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली गइरहेकोले पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको छ अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जनाकारी दिए ।