कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुग्यो

348
views

काठमाडौं, ३, भदौ । पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना भाइरस (कोभिड (१९) संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै मन्त्रालयका अनुसार ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेका छन् । क्वारेन्टाइनमा १३ हजार ५७१ जना रहेका छन् भने आइसोलेसनमा ११ हजार १ सय १८ जनाको उपचार भइरहेको छ । नेपालमा कोरोनाबाट १२० जनाको मृत्यु भएको छ ।