दैलेखका घाइते तिनजनालाई हेलिकप्टरद्धारा उद्धार

746
views

सुर्खेत । मंगलबार ठाटीकाँधमा पहिरोमा परि घाइते भएका तिनजनालाई १७ घण्टापछि हेलिकप्टर मार्फत उद्धार गरि सुर्खेत ल्याइएको छ ।  

ल्याइएको छ । उपचारको लागि उनीहरुलाइ नेपाली सेनाको (एनए )३८० नम्बरको हेलिकप्टोरबाट स्थानीयतह र जिल्लान प्रशासनको पहलमा बुधबार बेलुकी साढे ४ बजे सुर्खेत ल्याइएको हो ।

पहिरोमा परि घाइते भएका ४२ बर्षीय टिकाराम कठायत उनका छोरा १५ बर्षीय सम्शेर कठायत, २३ वर्षका बम्म नेपालीलाई उपचारको लागि हेलिकप्टर सुर्खेत पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए । अरु दुई जना घाइतेहरु ४० बर्षीय धनसरा कठायत र ३४ बर्षीय महेन्द्र शाहीलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार चलिरहेको छ सुनारले बताए ।

उद्धार गरिएका घाइतेहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार सुरु भएको बताइएको छ । उक्त, पहिरोमा पुरिएर टिकारामका कान्छा छोरा १२ बर्षीय बालक जनक कठायत, घर भत्किँदा भगवतीमाई गाउँपालिका–५ कट्टीका ६६ बर्षीय बलबहादुर रावत र खोलाले बगाउँदा नौमूले गाउँपालिका–४ कालिकाका २१ बर्षीय भविलाल बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँका ११ बर्षीय बालक लोकेश कठायत पहिरोमा वेपत्ता भएको उनको स्थानीय र प्रहरीले खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज हरिबहादुर ओलीले जानकारी दिए ।