शुक्रबार देशभर ८ सय ३८ कोरोना संक्रमित थपिए

362
views

काठमाडौं । काठमाडौं उपत्यकामा १ सय ४२, ललितपुर २५ र भक्तपुरमा १५ जना गरी देशभर ८ सय ३८ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे बताएका हन्।

आज देशभर २ सय ५० संक्रमित निको भएर डिस्चार्ज भएका छन्। देशभर होम आइसोलेसन रहनेको संख्या ३ हजार ५ सय ८६ रहेको उनले बताए। १२ हजार २ य ३४ जना हाल पनि क्वारेन्टाइनमा रहेका उनले बताए। प्रवक्ता डा गौतमले नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको जानकारी दिए।

अहिलेसम्म नेपालमा १८ हजार २ सय १४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। त्यसैगरी विगत २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ।