जाजरकोटमा निषेधाज्ञा जारी

1968
views

जाजरकोट, ८, भदौ । जाजरकोटको सदरमुकाम खलंगामा कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

जाजरकोटमा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय जाजरकोटले सोमबार राती १२ बजेदेखि १५ गते १२ बजेसम्मका लागि निशेषाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहनीले बताए ।

अब एकहप्ताका लागि अत्यावश्यक बाहेकका सबै सरकारी कार्यालयको कामकाज समेत बन्द गरिएको छ । केही दिनअघि स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पश्चिम रुकुमको चौरजहारीस्थित मिसन अस्पताल (कोरोना अस्पताल) पठाइएका २० मध्ये १९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

भेरी नगरपालिकाले संकलन गरेको १३ मध्ये बाहुनथाना स्वास्थ्य चौकीमा कार्यरत एकजना स्वास्थ्यकर्मी, एकजना बैंकका कर्मचारी र दुईजना भेरी नगरपालिकाका कर्मचारी रहेका छन् । त्यस्तै स्वास्थ्य सेवा कार्यालयको एक प्रोजेक्टका दुईजना कर्मचारी, प्रहरी दुईजना, दुईजना नेपाली सेना र अन्य स्थानीयमा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका महामारी फोकल व्यक्ति कृष्णबहादुर खत्रीले बताए ।