विश्वभर दुई करोड ४३ लाख संक्रमित, आठ लाख २९ हजार बढीको मृत्यु

310
views

काठमाडौं, ११, भदौ । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४३ लाख नाघेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । हालसम्म संक्रमितको संख्या दुई करोड ४३ लाख ३० हजार सात सय १९ पुगेको छ ।

त्यस्तै, विहिबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख २९ हजार ६ सय १९ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ६८ लाख ७२ हजार चार सय ९७ नाघेको छ ।

त्यस्तै, आज विहानसम्म नेपालमा ३४ हजार चार सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म १९ हजार पाँच सय चार जनाले कोरोना जितेका छन भने एक सय ७५ जनाले ज्यान गुमाएका छन् । बुधबार मात्रै नेपालमा ११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।