गाउँघरमा सिंहरदरवार माओवादीको उपलब्धी–गुरुङ

515
views

बाग्लुङ, ३, असार । बुर्तिवाङ २०७४ असार ३ । नेकपा माओवादी केन्द्रा नेता देव गुरुङले सिँहदरबारको अधिकार गाउँघरमा ल्याउने महत्वपूर्ण काम माओवादी केन्द्रले गरेको बताए । नेता गुरुङले भने गाउँघरमा सिंहदरबार ल्याउने काम माओवादीले ग¥यो तर, गरेपनि स्थानीय तहको निर्वाचनमा जनताले एमाले र काँग्रसलाई नै बढी जिताएकाले पुन यो अधिकार सिँहदरबारमै फर्कने खतरा बढेको छ ।’
नेता गुरुङले तमानखोला गाउँपालिकामा आयोजित माओवादी केन्द्रको प्रथम पार्टी एकता सम्मेलनलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् । उनले पार्टीको उपलव्धीहरुलाई जनता समक्ष पु¥याएर पार्टी संगठनलाई बलियो बनाउन कार्यकर्ताहरुलाई आग्रह गरे ।
प्रथम एकता सम्मेलनले देवबहादुर पुनको अध्यक्षतामा ४६ सदस्यीय तमानखोला गाउपालिका कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा धनप्रसाद श्रीपाली, सचिवमा लिलबहादुर धमाल, सहसचिवमा कविराम श्रीपाली र कोषाध्यक्षमा निर्मलादेवी श्रीपाली रहेका छन् ।अधिवेशनमा हालै सम्पन्न तमानखोला गाउँपालिकाको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वा्चित दुई जना अध्यक्ष सहित १३ जना विजयी प्रतिनिधीहरुलाई फुलमाला लगाई नेता गुरुङले स्वागत सम्मान गरेका थिए ।