सवारी चालकलाई हो पार्किङ, प्रहरीलाई नो पार्किङ

1054
views

पर्वत, ११, भदौ । बजारको सडक छेउ जहाँ नो पार्किङको संकेत गरिएको थियो त्यहाँ प्रहरीको भेन रोकिएपछि जनगुनासो बढेको छ । कानूनको पालना गराउने निकायले नै बर्खिलाप गरेको भन्दै प्रहरीप्रति गुनासो व्यक्त गरेका हुन । बजारवासीले नो पार्किङमा रोकिएको भ्यानको भिडियो कैद गरेका हुन ।

पर्वतमा वाईकहरु अत्यधिक गतिमा गुडाउने, रङ साइडमा रोक्ने, अग्ला पुलहरुमा दोहोरो मोटरसाइकल चलाउनेजस्ता प्रतिनीधिमुलक घटनाहरु घट्दै गइरहेका बेला प्रहरीले नै नो पार्किङमा भ्यान राखेपछि प्रहरीप्रतिको विश्वासमा प्रश्न उब्जाएका हुन् ।

केहीदिनअघि प्रहरीले मैत्रीचोकमा नो पार्किङ लेखिरहेको ठाउँमा आफ्नो भ्यान रोकेको थियो ।

ट्राफिकले रङ साईडमा रोकिने सवारी साधनलाई कानूनी दायरामा ल्याएको देखिएपनि आफ्नै निकाय जिल्ला प्रहरी कार्यालय पर्वतको प्रदेश ०२–०३, ००१ ०६८५ नं को नयाँ भ्यान नो पार्किङमा रोकिदा र उसका केही गल्तिहरु हुँदा वेवास्था गर्ने गरेको अन्य सवारी चालकको गुनासो छ ।

प्रहरी होस् वा अन्य सवारी चालक जो कसैले पनि नियम विपरित सवारी साधन रोक्न नहुने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीको भनाई छ ।