बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पतालमा एक सङ्क्रमितको मृत्यु

657
views

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड(१९ अस्पतालमा आज थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सिराहा जिल्लाका सिराहा नगरपालिका २ का ५५ वर्षीय पुरुषको अहिले साँझ ६ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

भदौ ६ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनलाई ७ गते कोरोना पोजेटिभ देखिएको थियो। उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचार क्रममा मृत्यु भएको प्रतिष्ठानले बताएको छ।

उनमा उच्च रक्तचाप र पहिले क्षयरोग लागेर निको भएको थियो । मृतकको शव व्यवस्थापनका लागि अहिले प्रक्रिया सुरु गरिएको प्रवक्ता डा. सापकोटाले बताएका छन्। योसँगै प्रतिष्ठानमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ।