कालिकोट पहिरोमा परि एक शिशुसहित १० जनाको मृत्यु,दुइ घाइते

376
views

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ भने दुइ जना घाइते भएका छन्।

आइतबार बिहान माथिबाटआएको सुक्खा पहिरोले चार वटा घर पुरेको थियो।

कालिकोट र जुम्लाको सीमामा रहेको नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेहरुमा नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय परेक शाही, उनका ५ वर्षीय छोरा निराजन, दुई महिनाको छोरा अक्कल, ७ वर्षीया छोरी हिमारहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिए ।

यस्तै मृत्यु हुने अन्यमा सोही ठाउँका ३५ वर्षीय मानवीर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाई, उनकी २५ वर्षीय श्रीमती छोइनु,६ वर्षीय छोरा गजेन्द्र, सुर्खेत भेरीगंगाका ४५ वर्षीय आइती खड्का, वीरेन्द्ननगर नगरपालिका इत्राम सुर्खेतका २३ वर्षीय अमृत थापा रहेका प्रहरी प्रमुख ओलियाले बताए।

पहिरोबाट पुन्या शाही र स्थानीय अर्जुन हमाललाई जीवितै उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ। प्रहरीका अनुसार पहिरोमा पुरिएका सम्पूर्णको उद्धार भैसकेको छ ।