अनुभूति

1573
views


–दिपक बहादुर शाही (मिस्री),दैलेख
ने.क.पा (क्रान्तिकारी)माओवादी केन्द्रिय सदस्य

पिर परेकालाई पो थाहा हुन्छ,
पिर कस्तो हुन्छ भन्ने
अनुभूति त उसैले गर्नु पर्छ राग कस्तो हुन्छ भनेर,
जहाँ दुख्छ, त्यहीँ पो लगाउनु पर्छ मलम,
दुख्दै नदुखेकोमा मलमको के काम
भोकै हिड्नेलाई पो थाह हुन्छ, भोक के हो भनेर
डकार्दै हिन्नेलाई के थाह खालि पेट कस्तो हुन्छ भन्ने
आखिर मानिस हुन्त सवै एकै किन हुन्छ यस्तो
कोही महलमा छन् त कोही झुपडी मा
कोही उपचार नपाएर छट्पटी रहेका हुन्छन त

कोही संसारिको सवै विलासितामा रमाएका छन्,
कसैले बाटोमा भिख माग्दै हिन्नु पर्ने त
कसैले त असरुपिर र दौलतका ईमारतहरुमा सयन गर्नु पर्ने
आखिर किन यस्तो
प्राकृति सौर्न्दर्य र श्वास फेर्दा त अक्सिजन त कमवेसि हुदैन
लाग्छ,
यो कृत्रिम दुनियाँमा मानिस सवै निरस भैसके
ज्ञानिहरुले ज्ञाको परिभाषा भुलिसके
बिद्धवान बिधुसिको विज्ञता नै विलुपिकरण भैसक्यो,
सचेत मानव अचेत भै सक्यो,
ज्ञान, विज्ञानले विकास गरेको आधुनिक मानव
लाग्छ,
अणविक अस्रसस्त्र निर्माण गरि मानव अस्तित्वको समाप्ति गर्दैछ।