नुवाकोट पत्रकार महासंघको चुनावमा कडा प्रतिष्पर्धा

608
views

नुवाकोट असार ३ । नुवाकोटका पत्रकारहरुमा चुनाव सारगर्मी बढेको छ । विवादका कारण हुन नसकेको पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको अधिवेशन आज ९असार ३ मा० हुने भएपछि पत्रकारहरु चुनावी मोर्चा बन्दी भएका हुन् । सबैभन्दा बढी मत रहेको प्रेस युनियनका सदस्यलाई हराउन ७ मत भएको प्रेस सोसाइटीलाई अध्यक्षमा सहयोग गर्ने गरि चौतारी, प्रेस सेन्टर ९गजुरेल समुह० र प्रेस सोसाइटीले मोर्चा बन्दी गरेका हुन् । ३ वटा संगठनको मोर्चा बन्दी भएपछि चुनावीे प्रतिस्पर्धा अत्यन्त कडा बनेको नुवाकोटका पत्रकारहरुको भनाई छ । नुवाकोटमा प्रेस युनियन ५२ मत, प्रेस चौतारी ४४, प्रेस सेन्टर २६ प्रेस सोसाइटीका ७ मत रहेका छन् । सेन्टरका जगदिस खनाल युनियनको प्यानलको सचिवमा उम्मेदवारी दिएका छन् भने सेन्टरका जिल्ला अध्यक्ष रामहरि गजुरेलले प्रेस सोसाइटी प्यानल कै सचिवमा उम्मेदवारी दिएका छन् । युनियनको राम्रो उपस्थिति रहेको जिल्ला मध्य पर्ने नुवाकोटमा अहिले अध्यक्षमा पुन यस अघिका अध्यक्ष प्रकाश अधिकारीलाई अघि सर्ने भएको छ भने उनलाई प्रेस सेन्टरका खनाल समुहले सहयोग गर्ने भएकोले युनियन अगाडी देखिएको छ । प्रेस सोसाइटीबाट अध्यक्षमा उम्मेदवारी दिन लागेका कपिलदेव खनालपनि युनियनबाटै सोसाइटीमा प्रवेश गरेका हुन उनलाई चौतारी र सेन्टरका गजुरेल समुहले सहयोग गर्ने बताईएको छ ।