भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

412
views

काठमाडौ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार अपरान्ह निधन भएको छ।

८४ वर्षीय मुखर्जीको निधन भएको पुष्टि उनका छोरा अभिजितले गरेका छन्। कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका उनको साउन २६ मा मस्तिष्काघात भएर र शल्यक्रिया गरिएको थियो। उनी भारतको तेह्रौं राष्ट्रपतिका रुपमा सन् २०१२ देखि २०१७ सम्म कार्यरत थिए।

भारतीय विदेश मन्त्रीमा लामो समय रहेका उनले नेपालका दलहरु बीच दिल्लीमा सम्पन्न १२ बुँदे समझदारी गराउनमा महत्वपूर्ण भूमिका खेलेको बताउने मुखर्जी राष्ट्रपति हुनु अघिसम्म भारतीय कांग्रेसका शीर्षस्थ नेता थिए।

१० अगस्टमा उनी दिल्लीस्थित आर्मी रिसर्च एन्ड रेफरल (आर एन्ड आर) अस्पतालमा भर्ना भएका थिए। त्यही दिन उनको ब्रेनबाट क्लोटिङ्ग हटाउने आपतकालीन अपरेशन गरिएको थियो। त्यसपछि उनको अवस्था झन् गम्भीर भएको र उनलाई भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास गराउँदै उपचार गरिएको थियो। 

भारतीय विदेश मन्त्रीमा लामो समय रहेका उनले नेपालका दलहरु बीच दिल्लीमा सम्पन्‍न १२ बुँदे समझदारी गराउन महत्वपूर्ण भूमिका खेलेको बताउने मुखर्जी राष्ट्रपति हुनु अघिसम्म भारतीय कांग्रेसका शीर्षस्थ नेता थिए।

झन्डै ५ दशक भारतीय कांग्रेसमा रहेर सक्रिय राजनीति गरेका मुखर्जी सात पटक सांसद निर्वाचित भएका थिए। राजनीतिमा आउनुअघि उनले पत्रकारिता पेसा पनि अँगालेका थिए। सन् २००४ मा भने उनी पश्चिम बंगालको जांगीपुर क्षेत्रबाट लोकसभा सदस्यमा निर्वाचित भएका थिए । र सन् २००९ मा पनि उनी त्यसै क्षेत्रबाट फेरि निर्वाचित भएका थिए।

सन् १९७२ मा गान्धी नेतृत्वमा सरकार बनेपछि उनी मन्त्री बन्न सफल भएका थिए। उनले अर्थ, वाणिज्य, विदेश तथा रक्षाजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए।