“ठुलो सपना देख्ने एउटा रिक्सावालाको परीक्षा“

553
views

सचिन्द्र श्रेष्ठ
यही अगस्तमा जी ५ बाट रिलीज भएको प्रकाश झाको चलचित्र ’परीक्षा’ एउटा आम मानिसमा हेर्न लायक बनाई दिएको छ। आदिल हुसैन, प्रियंका बोस, शुभम झा साथै संजय सूरीको अभिनय देख्न सकिन्छ। यस चलचित्रले भारतमा भएको शिक्षा प्रणाली कस्तो खालको दिशातर्फ गएको छ त्यसलाई प्रष्ठ रुपमा अत्यन्त सुन्दर ढंग बाट दर्शाएको पाइन्छ ।

हुन त उनको सन् २०११ मा पनि शिक्षालाई नै आधार मानेर “आरक्षण’’ जस्तो गम्भिर मुद्दामा यो चलचित्र बनाएका थिए । झा आफैले १९८४ मा ‘धामूल’ नामक राजनीतिक, सामाजिक बिषय बस्तुलाई आधार मानेर उक्त चलचित्र निर्माण गरेका थिए ।

“परीक्षा’’ को कथा एउटा सरल आम मानिसको जिन्दगीमा गरीबी, लालसा, ठुलो सपना देख्ने बिहारको एक रिक्सा चलाउने वालाको सपना जसले आफ्नो छोरालाई उच्च र गुणस्तर शिक्षा कसरी दिन सक्छ यही बिषयलाई बाबु आमा र छोराको कहानी रोचक, घोचक ढँगले प्रस्तुत गरेको छ ।

सधँै रिक्सामा निजी स्कूलको बच्चालाई बिहान साझ छोडने लैजाने क्रममा उसका मनमा आफ्नो छोरालाई पनि सोहि निजी स्कूलमा पढ़ाऊँन सके छोराको भबिष्य उज्यालो हुने सपना देख्ने एउटा बाबुले के के समेत गर्न बाध्य हुन्छ भन्ने झाले उक्त चलचित्र मार्फत देखएका छन।सरकारी स्कूल र निजी स्कूलमा हुने शिक्षाको आधार,सुबिधा ,पढ़ाउने शैली कस्तो खालको देखिन्छ भन्ने पनि सो चलचित्र ले उजागर गरेको छ ।

साधारण मानिसले निजी बिद्यालयमा पढ़ाऊँन सक्ने खुबी हुन्छ या हुदैन यही बिषयलाई सुन्दर ढँग बाट मानिसलाई एक छिन पनी नहटि मजबुत रुपमा आफै सँग बाधेर राख्न यो चलचित्र सफल रहन्छ।
सबै पूरा गर्न सहज हुदैन तहि पनि आफ्नो छोराका लागी जस्तो सुकै मुश्किल काम गर्न त्यसको सामना मजबूत तरिकाले गर्दछ। यस चलचित्रले देशमा फैलिएको जाती, बर्ग ,समुदाय को नराम्रो सँग ब्यङ्ग र असमानतालाई प्रस्तुत गरेको छ।आज पनि हाम्रो समाज ,जाति लिङ्ग अनुसार कस्तो बच्चा कहाँ पढने ?उसको हैसियत छ की छैन निजीमा पढाउँन!के गरीबका बच्चा तेज हुदा हुदै पनि अवसरको कमीले गतिलो शिक्षा लिन किन बंचित छन त !

हुन त प्रकाश झा का अधिकांश चलचित्रले आम मानिसका भोगाईलाई फरक र सरल मनोबैज्ञानिक तरिकाले प्रस्तुत गर्छन् चाहे उनको २०१६ मा आएको ’लिपस्टिक अंडर माई बुर्का’ किन नहोस्।चलचित्रले राजनीती ,भ्रस्टाचार,दादागिरी,माफियातंत्र जस्ता बिषय लाई उठाउनु नै ठुलो चुनौती बनेको छ ।

सानो सानो सम्बाद, कथा र अभिनय ले चलचित्रलाई जिबन्त राख्न र हाम्रो समाज को शिक्षा पद्दतिमा फैलिएको दुर्गन्ध लाई सफा गर्न उक्त चलचित्र ’परीक्षा’ सफल मानिन्छ।’परीक्षा’ सरल कथामा प्रतिभा हुने ब्यक्ति गरीब र धनि सँगको सम्बन्ध नरही जो कसलाई पनि अध्ययन गर्न रोक्न सक्दैन भन्ने उदाहरण दखाएको छ ।

चलचित्रको कथा त मजबूत छ नै साथै आदिल हुसैनले आफु पिता बनेर गरेको अभिनय हेर्न लायक छ।बुचिको पात्र ले गरेको अभिनयमा सहानुभूति,छोरा प्रतिको लगाब अत्यन्त बलियो देख्न सकिन्छ। छोरा बनेका शुभम झा र आमा बनेकी प्रियंकाको साथ सदैब झल्किन्छ । अन्त्य मा सामान्य परिवार र गरीबी को दलदल बाट एउटा एसएसपी बनेका संजय सूरी को झुपडीमा हुरकेका बालबालिकालाई फुर्सदमा पढन सिकाउने काम त झन तारीफ नगरी यो चलचित्र अधुरो नै रहन्छ ।

झा का मृत्युदण्ड, गंगाजल,राजनीती,चक्रब्यूह, सत्यग्रह आदी चलचित्रहरु सामाजिक राजनितिक,प्रसासनिक राज्य ब्यबस्थालाई नराम्रो सँग उजागर गर्न माहिर मानिन्छन् ।