ढोरपाटनमा भिषण पहिरो : चारको मृत्यु, १३ बेपत्ता, ३० घर बगायो

621
views

बागलुङ, १८, भदौ । ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढीपहिरोले चार जनाको मृत्यु भएको छ । पहिरोमा १३ जना बेपत्ता भएका छन् । राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का ३० घर बगाएको स्थानीयको भनाई छ ।

बाढीले सडक छेउमा पार्किङमा राखेको जीप, दुईवटा विद्युत गृह, एक वटा झोलुङ्ले पुल, दुई वटा विद्यालय भवनसमेत बगाएको छ ।

ढोरपाटन नगरपालिका–९ को लाँकुरीबोट १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ भने सरस्वति आधारभुत विद्यालय र जनचेतना प्राथमिक विद्यालयसमेत बाढीले बगाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेर स्थानीयको सहयोगमा उद्धार थालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।