पर्वतको जलजलाले गर्यो कोरोना रोकथामको खर्च सार्वजनिक

454
views

पर्वत, १९, भदौ । पर्वतको जलजला गाउपालिकाले कोरोना (भाइरस) रोकथाम, नियन्त्रण, ब्यवस्थापन र राहत वितरणमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले सार्वजनिक सूचना जारी गर्दै आम्दानी खर्च विवरण सार्वजनिक गरेका हुन् ।

कोरोना रोकथाम, नियन्त्रण तथा राहत वितरणका लागि प्रकोप ब्यवस्थापन कोषमा गाउँपालिका, प्रदेश सरकार, अन्य निकाय तथा व्यक्तिबाट विनियोजित रु.५७ लाख २४ हजार २२२ रुपैयाँको आम्दानी खर्च सार्वजनिक गरेका हुेन् ।

गाउँपालिकाले बजेट बिनियोजन गरेर सञ्चालन हुने पूर्वाधार आयोजनाबाट कन्टिन्जेन्सी (आयोजना ब्यवस्थापन खर्च)बाट रु.७ लाख ७३ हजार १८७ रुपैयाँ गरि कुल रु. ६४ लाख ९७ हजार ४०९ रुपैयाँ कोषमा आम्दानी भएको थियो ।

विभिन्न ८ वटा शिर्षकमा रु.६१ लाख २९ हजार ३३४ रुपैयाँ खर्च भएको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । सबैभन्दा बढी विपन्न बर्ग राहत वितरणका लागि खाद्यान्न खरिद गर्न रु.२३ लाख ३० हजार २११ रुपैयाँ खर्च भएको छ ।

औषधी तथा स्वास्थ्य सामग्री खरिदमा रु.१० लाख २४ हजार २००, गाडी भाडा तथा मर्मतमा तीन लाख रु.८० हजार ८५६, कुश्मामा अस्थाई कोरोना अस्पताल निर्माणमा रु. पाँच लाख ९१ हजार ११३ रुपैयाँ खर्च भएको छ ।

स्वदेश तथा बिदेशबाट आएकाहरुलाई कुश्माको क्वारेन्टिनमा राख्दा रु. सात लाख ५१ हजार ९९३, कटुवाल र स्वयम्सेवक परिचालनमा एक लाख रु.९९ हजार ४६१, सूचना प्रसारमा रु ८० हजार र गाउँपालिकामा क्वारेन्टिन निर्माण, सञ्चालन तथा ब्यवस्थापनमा रु.सात लाख ८१ हजार ५०० रुपैयाँ खर्च भएको छ ।

यसका अतिरिक्त गाउपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को पहलमा हिमाली बालकल्याण संस्था मञ्च ललितपुर मार्फत रु.२९ लाख ५९ हजार २०० रुपैयाँ मूल्य बराबरको खाद्यान्न पालिकाको वडा नं. २, ४, ५ र ७ मा वितरण भएको छ ।

रु.२९ लाख ५९ हजार २०० रुपैयाँ मूल्यको रु.३२ हजार २०० केजी मसिनो चामल, रु ४ लाख १६ हजार रुपैयाँको तीन हजार २०० केजी दाल, रु ३ लाख ९६ हजार मूल्यको दुई हजार ४०० लिटर खानेतेल र रु. ३५ हजार २०० रुपैयाँको एक हजार ६०० केजी नुन वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।