१३ सय ५९ संक्रमित थपिए, संक्रमितको संख्या ४४ हजार नाघ्यो

404
views

काठमाडौं, १९, भदौ । पछिल्लो २४ घण्टामा १३ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४६४ महिला र ८९५ पुरुष गरेर १३ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १३ सय ५४ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ ।