कोरोनाबाट पर्वतको फलेवास नगरपालिका सुरक्षित

967
views

पर्वत, १९, भदौ । पर्वतको फलेवास नगरपालिकामा समुदायमा कोरोना संक्रमण देखिएन । नगरपालिकामा १ सय १५ जनामा कोरोना परिक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको छ ।

संकलित स्वाव परिक्षणको लागि क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा पठाईएको सिसिएमसी पर्वतका प्रवक्ता प्रविण भण्डारीले जानकारी दिए ।

पर्वतमा पछिल्लो समय समुदायमा कोरोना फैलिएको छ कि छैन भनेर समुदायस्तरमै पुगेर परिक्षणलाई तीब्रता दिईएको छ ।

फलेवास नगरपालिकाको थापाठाना र खानीगाउँमा गरी विभिन्न सरकारी कार्यालय तथा गैह्रसरकारी कार्यालय, वित्तिय संस्था, शिक्षक, सवारी चालक, होटेल तथा पसल संचालक, जनप्रतिनिधी, स्वास्थ्यकर्मी तथा प्रहरी गरी १ सय १५ जनाको स्वाब संकलन गरिएको हो ।

सवैको रिपोर्ट नेगेटिभ आएपछि हालसम्मलाई फलेवास नगरपालिका सुरक्षित रहेको पाईएको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो ।

यस अघि पर्वतको पैंयु, विहादी, जजलजला, महाशीला, मोदी गाउँपालिका र कुश्मा नगरपालिकामा पनि समुदायमा कोरोना छ कि छैन भनेर परिक्षण गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको थियो ।