रूपन्देहीको बुटवल कोरोना विशेष अस्पतालमा थप दुईजना संक्रमितको मृत्यु

347
views

अर्घाखाँची । रूपन्देहीको बुटवल कोरोना विशेष अस्पतालमा थप दुईजना संक्रमितको मृत्यु भएको छ।

नवलपरासीकी एक महिला र रुपन्देहीका एक पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार नवलपरासीको प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ४० वर्षीय पुरुषको शुक्रबार राति ११ बजे मृत्यु भएको हो।

बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए। उनीहरुको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो।

दुवैमा ज्वरो र श्वासप्रश्वासको समस्या रहे पनि अरु कुनै दीर्घरोगको समस्या नरहेको डा.a गौतमले जानकारी दिए। योसँगै रुपन्देही जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।